अत्याधिक चिसोका कारण ठोरीका सबै विद्यालय तीन दिन बन्द

एटुजेड समाचार

ठोरी – बाक्लो हुस्सु र शीतलहरका कारण पर्साको ठोरी गाउँपालिकाका सबै विद्यलाय तीन बन्द हुने भएका छन् । अत्याधिक चिसो बढेकोले सामुदायीक तथा संस्थागत सबै विद्यालय आज (आइतबार) देखि मंगलबारसम्म बन्द गर्ने निर्णय भएको हो ।

चिसोको कारण विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भएको कारण तीन दिन बन्द गर्ने निर्णय भएको गाउँपालिका शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिए । विद्यार्थीको स्वास्थ्यलाई मध्यानजर गर्दै बिदा दिने निर्णय गरिएको उनले बताए ।

जाडोमा बालबालिकाहरु बढी प्रभावित हुने भएकोले बिदा दिइएको उनले बताए । बन्द रहेका विद्यालयहरु २० गतेबाट खुल्नेछन् । ठोरीमा सामुदायिक विद्यालय मात्रै २१ वटा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू