तीन प्रधानमन्त्री लुखुर लुखुर लौरो टेकेर हिड्नु भएको छ : प्रधानमन्त्री ओली

एटुजेड समाचार

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन प्रधानमन्त्रीले बुढेसकालमा लौरो टेकेर हिड्ने बताउनुभएको छ ।आज भरतपुर केन्द्रीय टर्मिनल बसमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहांँले पूर्व प्रधानमन्त्री झलनाथ खनाल ,माधव नेपाल र पुष्पकमल दाहाललाई ईगित गर्दै उहांँले बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त गर्न देश बर्बाद गर्न हिनेको आरोप लगाउनुभयो । ‘तीन तीन प्रधानमन्त्री लौरो टेकेर लुखुर हिड्नु भएको छ ।

त्यो पनि बुढेसकालमा तीन प्रधानमन्त्री । ’ उहांँले भन्नुभयो । पार्टी फुटाउन उनीहरु लागेको भन्दै उहांँले पार्टी फुटेका्े नभई केही मान्छेमात्र गएको बताउनुभयो । ‘ सभाको चारैतिर हेर्नुस । दायांँ हेनुर्स, बाँयांँ हेर्नुस ।’ उहांँले भन्नुभयो । पार्टीभित्रको पिलो निचोरिएर आफै गएको बताउंँदै उहांँले पार्टी फुट्दैमा वजन नघट्न्े बताउनु भयो ।

सो अवसरमा बोल्दै प्रधानमन्त्रीले ओलीले तोकिएकै मितिमा चुनाव हुने बताउनुभयो । ‘ चुनाव हुन्छ तोकिएकै मितिमा हुन्छ । तलमाथि हुदैन। अन्यौलमा नहुनुस ।’ नाभी अन्तै जोडिएकालाई नछाड्ने भन्दै जनताको हित गर्नेलाई निर्वाचन छान्नु पर्ने उहांँले बताउनुभयो । विकासको काम कोभिडले केही गति कम भएपनि अहिले देशमा विकासको बाढी आएको बताउनुभयो ।

नयांँ युगको आरम्भ भएको भन्दै उहांँले पार्टीले सही नीति र बाटो लिएकोले देश निर्माणमा अगुवाई लिएको दाबी गर्नुभयो । प्रधानमन्त्रीले अधिकांश समय विरोधीहरुको कटाक्षमा खर्च गर्दै देशमा भईरहेको विकास निर्माण र पूर्वाधार तथा सरकारको योजनाका बिषयमा चर्चा गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु