संवैधानिक कदमको जवाफ जनसभाले दिएको छ : गृहमन्त्री बादल

एटुजेड समाचार

चितवन – नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले संवैधानिकको कदमको जवाफ विशाल जनसमुदायले दिएको बताउनुभएको छ । सविधानको निर्माता र व्याख्यता जनता भएकोले उक्त जवाफ अहिलेको सभाले दिएको बताउनुभयो । सघीय लोकतानित्रक पक्षममा जनसमर्थले दिएको भन्दै उहांँ आधा युद्ध जितिसकेको बताउनुभयो । ‘ हाम्रो पार्टीले नयाँ युद्ध आधा जितिसकेको र आगामी निर्वाचन पनि जित्ने छ । उहांँले भन्नुभयो ।

सरकारले उठाएका कदम र कामलाई जनसभाले अनुमोदन गरेको गृहमन्त्रीले थापाले बताउनुभयो फुटको र गुटको पक्षममा नभइई एकता र जुटको पक्षमा रहेको भन्दै उहांँले फुट र गुटको विरुद्धको जवाव सभाले दिएको उहाँको भनाई थियो । सबै हजारौं कार्यकर्ताहरु , पार्टीको पक्षमा ,ला्ेकतन्त्रको पक्षमा रहेको यो उपस्थितिले देखिएको  थापाले बताउनुभयो । ।

यो देशमा शान्ति र स्थायित्व चाहिने भन्दै जनताको लागि विकास र प्रगति आवश्यक रहेको उहांँले बताउनुभयो । संसद विघटनको उद्धेश्यलाई स्पष्ट पार्दै थापाले भन्नुभयो,‘उनीहरुको षडयन्त्रलाई विफल पार्न सरकारले कदम उठाएको हो, अस्थिरता चाहनेहरुको लागि संसदको विघटन गरिएको हो ।’उहांँले भन्नुभयो ।उनले प्रचण्ड र समुहलाई इगित गर्दै निर्वाचनमा सहभागी हनु आग्रह गर्नुभयो । ‘नेकपाको झण्डामुनी आउनुस गोलबन्दी हुनुहोस । पार्टीमा पुन फर्किनुस गल्ती स्वीकानुर्स ।’ उहांँले अपिल गर्नुभयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू