चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरको पुल्चोक–गोन्द्राङ ६ लेन सडक र भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । आज (शनिबार) चितवन आएका ओलीले उक्त ६ लेन सडक र सिटीहलको शिलान्यास गरेका हुन् ।
प्रतिकुल मौसमका कारण शिलान्यास कार्यक्रम निर्धारीत समय भन्दा केही ढिला भएको छ । शिलान्यास कार्यक्रम पछी प्रधानमन्त्री ओलिले भरतपुर बसपार्कमा रहेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।