प्रधानमन्त्री ओली चितवन आईपुगे

एटुजेड समाचार

चितवन – प्रधानमन्त्री केपी शर्मा ओली चितवन आईपुगेका छन् । खराब मौसमका कारण भिजिबिलिटी कम भएपछी उनी सेनाको हेलिकप्टर मार्फत चितवन आएका हुन् । प्रतिकुल मौसमका कारण उनी निर्धारीत समय भन्दा पछी आएका हुन् ।

प्रधानमन्त्री ओली भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससगैँ जनसभा गर्न चितवन आएका हुन् ।

सभालाई सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ र भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

उता प्रधानमन्त्री ओलीले भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रमको तयारी पुरा भएको छ । प्रधानमन्त्री ओली आउने भएपछि विभिन्न चोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारीएको छ ।

फाईल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू