चितवन – प्रधानमन्त्री केपी शर्मा ओली सेनाको हेलिकप्टरबाट चितवन आउने भएका छन् । मौसमका कारण भिजिबिलिटी कम भएपछी उनी सेनाको हेलिकप्टर मार्फत चितवन आउन लागेका हुन् ।
अबको आधा घण्टामा काठमाडौंबाट डिपार्चरमा आउन लागेका हुन् । उनी सवार हेलिकप्टर केही समयमा भरतपुरमा ल्याण्ड हुने एटुजेड समाचारलाई स्रोतले जनाएको छ । प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससगैँ जनसभा गर्न चितवन आउन लागेका हुन् ।
जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओली आउने भएपछि विभिन्न चोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारीएको छ ।