मुल्य सुची अनिवार्य राख्न व्यवसायीहरुलाई उवा संघ चितवनको आग्रह

एटुजेड समाचार

चितवन – उद्योग वाणिज्य संघ चितवनले व्यवसायीहरुलाई पसलमा मुल्य सुची राख्न आग्रह गरेको छ । संघले शुक्रबार एक सुचना जारी गर्दै मुल्य सुची नराखेका व्यवसायीहरुलाई पसलमा मुल्य सुची राख्न आग्रह गरेको हो ।

बजारमा कतिपय व्यवसायीहरुले अझै मुल्य सुची नराखेको पाइएको भन्दै संघले तत्काल मुल्य सुची राख्न आग्रह गरेको हो । संघले अनुगमनको क्रममा मुल्य सुची नराखेको पाइए तत्काल ५० हजार देखि ३ लाखसम्म जरिवाना हुन सक्ने तर्फ व्यवसायीहरुलाई सचेत गराएको छ ।

व्यवसायीहरुले मुल्य सुची नराख्दा वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जबाट अनुगमनको क्रममा जरिवाना गर्ने क्रम बढेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । सम्पूर्ण व्यवसायीक संघहरुलाई यस बारे जानकारीसहितको पत्र पठाइएको केसीले बताए ।

मंगलबार मात्रै वीरगन्जबाट आएको टोलीले मुल्य सुची नराख्ने चितवनका ९ वटा पसललाई कारबाही गरेको थियो । ति पसलहरुलाई तीन लाख ९० हजार जरिबाना गरिएको छ । कार्यालयले जरिबाना रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन निर्देशन समेत दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू