ओलीको प्रतिगमनबिरुद्ध डटेर लड्ने प्रचण्ड-नेपाल निकट चितवनका युवाहरुको अठोट

एटुजेड समाचार

चितवन – नेकपाको प्रचण्ड-माधव निकट चितवनका युवाहरुले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनबिरुद्ध डटेर लड्ने सङकल्प गरेका छन । कृष्णपुरको पाटी कार्यलयमा भएको युवा भेलामा सयौको सङ्ख्यामा उपस्थित युवाहरुले यस्तो अठोट गरेका हुन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एव पाटीका जिल्ला ईन्चार्ज कृष्ण खनालले सङघीय गणतन्त्रात्मक ब्यवस्था जोगाउन युवाहरु सक्रिय हुनुपर्ने बेला आएको बताउनु भयो साथै उहाले केपी ओलीको प्रतिगमनकाबिरुद्ध लड्न युवाहरुलाई निर्देशन समेत दिएका छन् । खनालले १५ बर्ष अघि युवाहरुले राजतन्त्रको मलामी जाने तयारीमा छौ भन्ने नारा लगाएर गणतन्त्र ल्याएको स्मरण गराउदै फेरि पनि यहि युवा पंक्ति प्रतिगामिहरुको मलामी जान तयार हुनुपर्ने बेला आएको बताए ।

यस्तै नेकपाका युवा नेता विकल क्षेत्रीले असबैधानिक कदम र गलत नजिरको बिरुद्धमा युवाहरु फेरी एकजुट हुनुपर्ने बेला आएको बताए । युवा भेलामा नेकपा भरतपुर महानगरका सचिव ईश्वर सापकोटा `सुमन´ ले फेरी एकपटक युवाहरु जुर्मुराएर संविधान र गणतन्त्र जोगाउने बेला आएको बताए ।

प्रतिगमनको बिरुद्धमा युवाहरु एकजुट भएर लड्न सकेमा केपी ओली परास्त हुने सापकोटाको भनाई छ । कार्यक्रममा उपस्थित सयौ युवाहरु मोटरसाइकल र्याली सहित पाटी कार्यलय प्रवेश गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू