माडीमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुँदै, १६ टोली सहभागी हुने

एटुजेड समाचार

चितवन – माडीको बसन्तपुरमा राष्ट्रिय स्तरको टि२० खुल्ला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा माडी क्रिकेट कप २०७७ हुन लागेको हो ।

फाल्गुन २२ गतेबाट शुरु हुने प्रतियोगितामा देशभरका १६ टोलीको सहभागीता रहने क्लबकी सह-सचिव प्रेरणा भुसालले जानकारी दिईन् । प्रयियोगिताको फाइनल खेल चैत्र २ गते हुनेछ । प्रतियोगिताका खेलहरु बसन्तपुरको खुल्ला चौरमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपबिजेता टोलीले ५० हजार तथा सेमिफाइनलसम्म स्थान बनाउने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू