पछिल्लो चौबीस घण्टामा १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

एटुजेड समाचार

काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।चौबीस घण्टामा ३ हजार २२१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

चौबीस घण्टामा ३३३ जना संक्रमणमुक्त भएका छन् । कोरोना मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । हालसम्म क्वारेन्टिनमा १११ जना छन् भने आइसोलेसनमा ३ हजार २२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू