चितवन – सहिद दिवसको अवसरमा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका ३ न्युरोडमा (शुक्रबार) चितवन अटोमेकानिकल व्यवसायी संघ तथा अटोमेकानिकल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा १९ औँ वार्षिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा ४८ जना पुरुष र ३ जना महिला गरी ५१ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक बिमल अधिकारिले बताए । उनले सहिद दिवसको अवसरमा सहिदहरुको सम्झनामा संस्थाले वार्षिक रक्तदान कार्यक्रम गर्दै आईरहेको बताए ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथी नेपाल अटो मेकानिकल व्यवसायी संघका उपाध्यक्ष गोपाल भटट्राई, चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर लोहनी, चितवन अटोमेकानिकल व्यवसायीका महासचिव नारायण कडेल लगाएतको उपस्थिती रहेको थियो ।