महानगरको आयोजनाको प्रधानमन्त्रीले शिलान्यास गर्न खोज्नु नाटकै हो, नौटङ्की नै हो : नेकपा चितवन

एटुजेड समाचार

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुह चितवनले भरतपुर महानगरको गौरवको आयोजनाको प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन गरिनु हास्यास्पद भएको जनाएको छ । आज (शुक्रवार) भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रचण्ड नेपाल समूह चितवनले यस्तो जनाएको हो ।

महानगरको पहलकदमीमा जिल्ला समन्वय समितिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सिटी हल र पुल्चोक गोन्द्र्याङ ६ लेन सडक निर्माण शुरु भएको बीच अवधिमा कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन भएको उक्त समुहले जनाएको छ । उक्त कार्य नौटङ्कीयुक्त भएको भन्दै प्रचण्ड नेपाल समुहले त्यसको विरोध समेत गरेको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार (इन्द्रजीत) ले सत्ताको पद र शक्तिको दुरुपयोग गरि गर्न लागिएको शिलान्यास कार्य निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको बताए । उनले उक्त कार्य रोक्न निर्वाचन आयोगसँग माग पनि गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू