कोरोनाविरुद्धको खोप अभियान : दोस्रो दिन चितवनमा ३२७ जनाले लगाए खोप

एटुजेड समाचार

चितवन – कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत आज (बिहीबार) ३ सय २७ जनाले खोप दिइएको छ । अभियानको दोस्रो दिन आज ३ सय २७ जनाले खोप लगाएका हुन् ।

आज पनि जिल्लाका तीन वटा केन्द्रबाट खोप दिइएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर अस्पतालमा मात्रै एक सय ८७ जनाले खोप लगाएका छन् । यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा ९१ तथा माडीको बघौडा अस्पतालमा ४९ जनाले कोरोनाको खोप लगाएका छन् ।

यस अघी अभियानको पहिलो दिन बुधवार चितवनमा २ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधवार भरतपुर अस्पतालमा मात्रै आज एक सय २० जना बहुलहर अस्पतालमा एक सय १९ र बघौडा अस्पतालमा ४० जनाले खोप लगाएका थिए । यससँगै जिल्लाभर २ दिनमा ६ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

चितवनमा पहिलो चरणमा ४ हजार एक सय डोज खोप प्राप्त भएको छ । पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई लगाइने छ । पहिलो चरणमा प्रत्यक्ष उपचार सेवामा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स तथा शव बाहनका चालक र सरसफाईकर्मीहरुलाई खोप लगाइने छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु