थप २१३ जनामा कोरोना संक्रमण

एटुजेड समाचार

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।

गत चौबीस घन्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण भएको छ । देशभर ३ हजार २ सय ३ सक्रिय संक्रमित रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु