चितवनमा माघ १७ गते सुजुकी कारको ‘सुपर स्याटरडे’

एटुजेड समाचार

चितवन – चितवनका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता जे.पि मोटर्स प्रा.लि.ले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनुहुनेछ ।

‘सुपर स्याटरडे’ मा बुक गरि ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, आकर्षक भ्हअजबलनभ द्ययलगक र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउनुहुनेछ । यो अफर माघ १७ गते एक दिनका लागि मात्र लागू हुनेछ । नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ ।

हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु