पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन : सुर्य थापा

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माघ १२ गते प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको बताएका छन्।

प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर धाएकोमा चुनावसँग जोडेर चर्चा भइरहेका बेला उनका सल्लाहकार थापाले सामाजिक सञ्जालमा ओली र प्रचण्डका फोटा राखेर यो बिषयलाई प्रष्टाउन खोजेका छन् । उनले आफ्नो फेसबुकमा प्रधानमन्त्री ओलीले पशुपतिनाथमा पूजाआजा गरेको र प्रचण्डले भैंसी पूजा गरिरहेको फोटो राखेका छन् । उक्त दुई छुट्टा छुट्टै फोटो राखेर उनले पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक नमानिने बताएका छन् ।

‘प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माण कार्यकाे निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयाे,’ उनले लेखेका छन्, ‘सुनकाे जलारी निर्माणकाे मन्दिरकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट ३० कराेड उपलब्ध गराउने प्रतिबद्धताकाे घाेषणा गर्नुभयाे।’

थापाका अनुसार पहिले पित्तल र तामाकाे जलारी रहेकाेमा अब १४१ किलाे सुनकाे जलारी निर्माणकाे सुनिश्चितता भएको छ। ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ,’ उनले भनेका छन्।

उनले अघी भनेका छन् – ‘पुष्पकमल दाहाल “प्रचण्ड” ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे। भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिँदैन। बुझ्ने आआफ्नै स्तर हुन्छ।फरकचाहिँ यत्ति हाे!’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु