खुँडा प्रहार गरि एक युवकको हत्या

एटुजेड समाचार

बझाङ – बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको मंगलबार खुँडा प्रहार गरि हत्या भएको हो । विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए।

छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो । प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत छन् ।

रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु