जुम्ला – जुम्लाको तिला गाउँपालिकाको पोख्री गाउँमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट २८ वटा घर जलेर नष्ट भएको बताएको छ।
डिएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन। उनले भने, ‘आगलागी भएको जानकारी प्राप्त गर्नेबित्तिकै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ पठाइएको छ।



प्रहरीका अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी भने घटनास्थलतर्फ पुग्न लागेको छ। आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दूरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिँडेर ३ घण्टा लाग्ने ठाउँमा छ।
स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्। त्यहाँ पानीको पनि उपलब्धता नभएकोले पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको बुझिएको छ।