प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसद्धारा थप आन्दोलनको कार्यक्रम घोषणा

एटुजेड समाचार

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।

घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । यस्तै पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु