चितवन – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले मुल्य सुची नराख्ने चितवनमा ९ वटा पसललाई कारबाही गरेको छ । आज (मंगलबार) बजार अनुगमनका क्रममा मुल्य सुची नराखेका ९ वटा पसललाई कारबाहीसहित जरिवाना गरिएको हो ।
अनुगमन टोलीले भरतपुर महानगरपालिका २ स्थित नेशनल ट्रेड बिजनेस, भरतपुर २ को एसएच ट्रेडस चुरा कस्मेटिक पसल, २ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इन्टरप्राइजेज, भरतपुर ३ को गुप्ता धागो स्टोर्स, भरतपुर ५ को श्रेष्ठ कन्सर्न र भरतपुर १० स्थित ओमसाइराम प्लास्टिक सप्लायर्सलाई कारबाही गरेको हो ।


बजार अनुगमन टोलीले आज गरेको अनुगमनमा नियम अनुसार मूल्य सूची नराखेका ९ वटा पसललाई कारबाही गरेको हो । अनुगमन टोलीका सदस्य एवं वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दीलिप खंग खत्वका अनुसार ति पसलहरुलाई तीन लाख ९० हजार जरिबाना गरिएको छ । कार्यालयले जरिबाना रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन निर्देशन समेत दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन, उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।