६ महिनामा घरेलु तथा साना उद्योग कार्यालयमा १२३१ उद्योग दर्ता

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी, चितवन । आर्थिक बर्ष ०७७, ०७८ को चालु आर्थिक बर्षको ६ महिनामा घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा एक हजार २सय ३१ वटा घरेलु उद्योग दर्ता भएका छन । यसमध्यै सबैभन्दा बढी ८सय ९२ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन भने सबैभन्दा कम १सय ९ उत्पादनमुलक उद्योग दर्ता भएका छन । यसैगरी सेवामुलक उद्योग १सय १० वटा, पर्यटनमुलक उद्योग १सय २० वटा दर्ता भएका छन । यस आवमा कार्यालयमा उर्जामुलक उद्योग , खनिजजन्य, निर्माणमुलक र सूचना प्रवधि उद्योगहरु दर्ता भने भएको छैन ।

महिला –पुरुष उद्यमीको संख्या हाराहारी 
चालु आर्थिक बर्षमा चितवनको घरेलु तथा साना उद्योग कार्यालय दर्ता भएका उद्योगमध्ये महिला र पुरुष उद्यमीले बराबरी संख्यामा उद्योग दर्ता गरेको पाईएको छ । सो अवधिमा ६सय ९७ जना पुरुष उद्यमी रहेका छन भने महिला उद्यमीको संख्या ६सय ७८ रहेको छ । तर दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्य उद्योगमा महिला उद्यमीको संख्या बढी छ ।
जसअनुसार यस शिर्षकमा ९सय ६१ उद्योगमा ४सय ८४ महिला उद्यमी रहेका छन भने ४सय ७४ पुरुष उद्यमी रहेका छन । यस्तै पर्यटनमुलक उद्योगमा दर्ता भएका उद्योगमध्ये ८५ वटा महिला उद्यमीको नाममा दर्ता भएको छ भने ४० वटा पुरुष उद्यमीको नाममा दर्ता भएको छ । यस्तै सेवामुलक उद्योमा महिला उद्यमीको संख्या ६०, पुरुषको ६५ , उत्पादनमुलक उद्योगमा महिलाको ४९ वटा, पुरुषको १सय १३ वटा उद्योग दर्ता भएको छ । अन्य शिर्षकमा उद्योग दर्ता भएको देखिदैन । यी सबै उद्योगमा महिला र पुरुष रोजगारीको संख्या ३ हजार ८सय ५५ जना रहेका छन । महिला र पुरुष उद्यमी बाहेक अन्य बांँकी उद्योगहरु प्रालि र साझेदारीमा उद्योगहरु दर्ता भएका हुन्।
कार्यालयका प्रमुख यादवनाथ आचार्यले बन्दाबन्दी खुलेसंँगै उद्योग दर्ता गर्नेको संख्या उल्लेखीय रुपमा बृद्धि भएको बताए । ‘हाल उद्योग दर्ता गर्ने महिला , पुरुष र अन्य स्वरोजगार बन्न चाहने छन , उनले भने, यसमध्ये पनि महिलाउद्यमीको संख्या बढ्दै गएको पाएका छौं ।’ सरकारले पुरुषलाई भन्दा महिलालाई बढी प्राथमिकता दिएको र बैंकको ऋण, अनुदानमा सहज पुरयाएकोले महिला उद्यमीको संख्या क्रमश बढ्दै गएको उनले बताए । यी उद्योगहरुमध्ये पनि कृषि पशुपालनसम्बन्धी उद्योग महिलाको लागि बढी सहज र सरल हुने र अनुदान पनि सोही अनुपातमा बढी मिल्ने भएकोले कृषिजन्य उद्योगमा महिला उद्यमीको आकर्षण बढेको आचार्यको भनाई छ ।

१करोड ८८ लाख राजश्व संकलन
कार्यालयले चालु आव देखि पुष मसान्तसम्म उद्योग दर्ता ,नवीकरण, ठाउंँसारी, नामसारी, पुंँजीवृद्धि, लगतकट्टा , प्रतिलिपि लगायतका शिर्षकमा गरी १ करोड ८८ लाख ७० हजार रुपैयांँ राजश्व संकलन गरेको छ ।
जसअनुसार सबैभन्दा बढी कृषि तथा वन्य जन्य उद्योगमा १ करोड १३ लाख ७० हजार रुपैयांँ र सबैभन्दा कम पर्यटनमुलक उद्योगबाट १८ लाख ७२ हजार रुपैयांँ राजश्व सकलन गरेको छ । यस्तै कार्यालयले उत्पादनमुलक उद्योगबाट ३३ लाख ५९ हजार , र सेवामुलक उद्योगबाट २२ लाख ६९ हजार रुपैयांँ रुपैयांँ राजश्व संकलन गरेको छ । कार्यालयमा हाल ५ लाख देखि ५ करोड सम्म स्थिर पूंँजी भएका उद्योग दर्ता हुदै आएका छन । पांँचलाख स्थिर पूँजी भन्दा कम भएका उद्योग स्थानीय तहमा दर्ता हुने गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु