चितवन – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४०१ जना निको भएका छन् । यससँगै देशभर अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ८५८ जनाको स्वाब परीक्षण गरिएकोमा ३३९ जनाको रिपोर्ट पोजेटिभ हो। उनिहरु मध्य पुरुष २०६ र महिला १३३ जना छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका अनुसार कुल संक्रमित मध्य ३ हजार २४० जनामा कोरोना सक्रिय छ । यस्तै संक्रमितमध्य २ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।