प्रचण्ड-नेपाललाई तिल्के गोरूको संज्ञा दिदै ओलीले भने: सिंङ फुस्कियो, अब धाकधक्कु नलगाए हुन्छ

एटुजेड समाचार

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् । आज (सोमबार) दाङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका हुन् ।

उनले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए । ‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको । बुढो तिल्के गोरुको सिङ भाँचिदियो । तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन ।’

प्रचण्ड र माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् ।’ तर, सिंङ फुक्लिसकेकाले अब धाक नलगाउन पनि उनले चेतावनी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु