‘बैमानी छौकी छैनौ बाइ’ सार्वजनिक (भिडियोसहित)
पुनम गौतम,
पोर्तुगल – लामो समय पछि हमाल म्यूजिकको गीत सार्वजनिक भएको छ । मेलिना राई र गोविन्द पंगेनीको स्वरमा रहेको “बैमानी छौकी छैनौ बाइ” बोलको गीत हमाल म्यूजिकमार्फत सार्वजनिक भएको हो ।
पछिल्लो समय सुगम संगीतबाट निकै चर्चामा आएकी गायिका राईको स्वरमा रहेको यो गीतले राम्रो प्रतिकृया पाइरहेको छ । गीतमा पंगेनीकै शब्द र संगीत छ । संगीत संयोजन भने सुनिल परियारले गरेका छन् ।
कुमार के.सीको निर्देशनमा तयार पारिएको यस गीतमा विवश ठकुरी र यन्सु श्रेष्ठको अभिनय छ । माया पिरतीको बिषयमा आधारित यस गीत पछिल्लो समय युवा पिढीमा निकै लोकप्रिय हुनेमा विश्वस्त रहेको हमाल म्यूजिकका म्यानेजिड्ड डाईरेक्टर सज्जन हमालले बताए ।
पछिल्लो समय युवाहरुमा हुने मायामा धोका खानेहरुलाई पहिले नै प्रश्न गर्दै माया लगाउन सिकाइएको भान हुने यो म्युजिक भिडियोले बजार तताउने हमाल म्युजिकले जनाएको छ । सांगितिक क्षेत्रसहित पोर्तुगलमा व्यवसाय गर्दै आएका हमाल परिवारको यो आफ्नै अफिसियल म्यूजिक कम्पनी हो ।
तपाइँको प्रतिक्रिया