‘नमुना शिक्षा ठोरीको अभियान’ के पुरा भयो ?

सन्तोष श्रेष्ठ,
नेपालको संविधान २०७२ ले आधारभूत तह र माध्यमिक तह बिद्यालय शिक्षा अहिले स्थानीय तहको मातहतमा आएको अवस्था छ । स्थानीय तहले स्थानीय सरकार संचालल ऐन २०७४ को धारा १०२ को स्थानिय कानुन बनाउने अधिकार प्रयोग गरी शिक्षा सम्बन्धि ऐन, नियमावली ,निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाएर बिद्यालय तहको शिक्षा नियमन तथा ब्यबस्थापन तयारी र कार्यान्वयन गरेर गाउँपालिकाले शिक्षालाई आफ्नो गाउँठाउँ अनुकुल संचालन गर्ने अधिकार दिएको छ ।गाउँपालिकालाई शिक्षा संचालन गर्न देशको सविधानले यति धेरै अधिकार सम्पन्न गरेको अवस्थामा हाम्रो ठोरी गापाले के के गर्यो ? के के गर्नु पर्दथ्थो ? के के भएन ? अधिकारको सदुपयोग गरेकी दुर्पयोग गर्यो ? अव, त्यसको समिक्षा गर्ने वेला आएको छ ।
प्रारम्भमा ठोरीको स्थानीय सरकारले शिक्षालाई नमुना बनाउछौ भन्नेर उद्घघोष गरेको धेरै राम्रो हो । तर बिडम्वना शिक्षालाई नमुना बनाउने आधारभूत आधारहरु सरकारले के के हुन अझै प्रष्ट पहिल्याउन नसक्नु दुखको कुरा हो । “अव, बिद्यार्थीहरु विद्यालयवाट भागेर घर जाने होइन, घरवाट भागेर विद्यालय आउछन्न्” सुन्दा अत्यन्त आकर्षक लाग्ने नारा कार्यान्वयन पक्ष कस्तो हुन्छ? भन्नेमा सवै प्रतिक्षारत थिए। तर कार्यान्वयनको क्रममा आधारभूत विद्यालयलाई २२” टिभी र माविलाई ३२” टिभी वितरण गरियो । त्यो टिभीमा घरवाट भागेर बिद्यालय आउने जादू भएन । त्यसैले ती टिभी अहिले बिद्यालयको गोदामा थन्केर बसिरहेका छन । आगमी पॉच बर्षमा सवै विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण गर्ने´ यो पनि अत्यन्त आकर्षक योजना थियो । तर विना योजना, विना गृहकार्य/विना तयारी गरेको योजना पहिलो बर्ष नै अंग्रेजी माध्यमका कितावहरु दराजमा थन्किन पुगे । केही शिक्षालाई सुधार गर्न प्रयास भएको हो, तर विना तयारी/विना योजना अनि सरोकारवालाहरु सहभागिता विना एक्लै गरिएको प्रयास निरर्थक भएका छन् । फेरि पनि ठोरीमा शिक्षा क्षेत्रमा शिक्षक, प्रह , अभिभावक र समितिको स्वस्पुर्तरुपमा प्रयासले बिद्यालयमा धेरै परिवर्तन भएका छन् ।
आफ्ना वालवच्चा पढ्ने विद्यालयमा समितिको अध्यक्ष छनौट गर्न पाउने प्रजातान्त्रिक अधिकारलाई शिक्षा ऐन संसोधनको नाममा ठोरी गापाद्वारा खोसियो । त्यति मात्र होईन, कार्यालय सहयोगिदेखि समितिको अध्यक्ष नियुक्ति गापाले गरिदिने, किताव देखि चक डस्टरसम्म खरिद गरिदिने भएपछि अधिकार विहीन प्रअ र समितिको अध्यक्षले शिक्षालाई कसरी नमुना बनाउन सक्छन् ? यो ब्यवस्थापन समिति र प्रअको अधिकार माथि स्थानीय सरकारको ठाडो हस्तक्षेप हो । विद्यार्थीसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने शिक्षक, प्रअ र समिति चाँही इमान्दार हुनु पर्ने तर गापाको नेतृत्वले चाही बिद्यालयलाई राजनितिक भर्ति केन्द्र बनाए पछि हामीले चाहेको नमुना शिक्षा पुरा होला त ? अवश्य हुदैन । शिक्षालाई रुपान्तरण गर्ने हो भने विद्यालयको सहायक कर्मचारीदेखि गाउँपालिकाको प्रमुखसम्म बिद्यालयको सवालमा इमान्दार हुनपर्छ । नेतृत्वले आफ्नो आचरणमा कुनै छलकपट गर्नु हुदैन । सवैलाई आ-आफ्नो पद अनुसारको अधिकारको बाडफाड हुनुपर्छ । निरंकुश अनि हुकुमे शैलीमा परिवर्तन सम्भव छैन ।
स्थानीय सरकार निजी बिद्यालय सम्वन्धमा पनि बेखवर देखिन्छ । सामुदायिक बिद्यालय र निजी बिद्यालय बिच प्रतिस्पर्धा गर्ने हो की ,निजी बिद्यालयलाई बिस्तापित नै गर्ने हो की, ठोरी गापाले निजी बिद्यालय सम्वन्धी स्पष्ट धारण ल्याउनु जरुरी छ । ठीक छ, गापाले निजी बिद्यालयलाई बिस्तापितै गर्ने हो भने पनि कसरी गर्ने ? कहिले गर्ने ? सरोकारवालाहरुलाई स्पष्ट जानकारी दिनु पर्छ । फेरि पनि तत्काल त्यहॉ पढीरहेका वालवालिकाको बिषयमा के गर्ने ? गापा शिक्षा शाखाले सरोकार राख्ने बिषय होइन र ? त्यहॉ पढ्ने वालवालिका हाम्रै ठोरी गापाको बालवच्चा होईन र ? निजी बिद्यालयहरुको अनुगमन, निरक्षण तथा शिक्षा सम्वन्धी बैठकहरुमा सहभागि गरिएको देखिदैन । यसरी ठोरी गापाले निजी बिद्यालयलाई सौतेनी ब्यवहार कतिन्जेल गरि राख्ने ? के यस्तो नीतिबाट राम्रो शिक्षा नमुना हुन सक्छ ? ठोरी स्थानीय सरकार निजी बिद्यालय सम्वन्धमा दोधारे र अस्पष्ट छ । त्यो राम्रो पक्ष होइन । निजी बिद्यालयले पनि सरकार संग अनुमति लिएर राज्यलाई कर तिरेर संचालन भई आइरहेको छ । त्यसैले निजी बिद्यालयलाई शिक्षा क्षेत्रमा सहभागि गराई अनुगमन र निरीक्षण गर्नु गापा शिक्षा शाखाको दायित्व हो ।
अरु क्षेत्र भन्दा हाम्रो नेतृत्वलाई शिक्षा क्षेत्रमा विशेष सतर्कताको साथमा लाग्न अनुरोध पनि गर्दछु, किनभने शिक्षा विकास मानव सभ्यताको आधारशीला हो । शिक्षा संस्कारयुक्त, सभ्य र समृद्ध समाज निर्माण गर्ने स्रोत हो । मानिसलाई संस्कारयुक्त एवं कर्तव्यनिष्ठ बनाउनुका साथै सृजनात्मक, उद्यमशील र उत्पादनमूलक कार्यमा संलग्न गराउन शिक्षाको महत्वपुर्ण भूमिका रहेको हुन्छ भन्ने हामी र हाम्रो नेतृत्वले बुझ्न जरुरी छ । विकास भनेको भौतिक निर्माण मात्र हो भन्ने सोचाइलाई हाम्रो नेतृत्वले त्याग्नु पर्छ । शिक्षा समृद्विको आधार हो । शिक्षा विकासको मुल प्रवाह हो । शिक्षा ज्ञान अनि चेतनाको चुरो हो । त्यसैले शिक्षा भनेको मानिसको व्यक्तित्व निर्माणका साथै मर्यादित जीवन जिउन तथा सम्पुर्ण समाज रुपान्तरणको प्रकृया हो । हो,शिक्षामा गरेको लगानी तत्काल देखिदैन । यसको केही समय लाग्छ । मन्दिर र गुम्वा बनाएको जस्तो त हुदैन, आजको भोली नै देखिदैन, परिणाम ढिलो आउछ ।
गुनासो मात्र होईन, शिक्षा क्षेत्रमा सुधार गर्ने केही सुझाव पनि दिन चाहान्छु । शिक्षामा आमुल परिवर्तन हो भन्ने अधिकार क्षेत्रको बाडँफाँडदेखि कर्तव्यको पालनासम्म, योजना/नीति निर्माणदेखि कार्यान्वयनसम्म, शिक्षक/विद्यार्थीदेखि पठनपाठनसम्म, बिद्यालयको समितिदेखि गापाको जनप्रतिनिधिसम्म, परीक्षा संचालनदेखि मूल्यांकनको स्वरुपसम्म, शिक्षकको नियुक्तिदेखि ब्यवस्थापन समिति गठन पुर्नसंरचना र पुर्नयोजना अब गर्नैपर्छ । गाउँपालिकको संरचनासँगै शिक्षाको यथोचित समायोजन र संयोजन समयको माग हो । किनभन्ने अवको आउने दिनहरुमा हरेक गाउँपालिकाको शिक्षा प्रणाली र शिक्षामा गरेको लगानीबाट प्राप्त हुने उपलब्धिले त्यस गाउँपालिकाको भाग्य र भविष्य निर्धारण गर्दछ । त्यसकारण विकास र समृद्धिलाई शिक्षासँग नजोडने र शिक्षालाई समृद्धिसँग नजोडने हो भने हाम्रो शिक्षा केवल हात्ती आयो हात्ती आयो फुस्सा भनेको जस्तो मात्र हुने छ । गाउँपालिकाको भविष्यलाई उज्वल बनाउने हो भन्ने शिक्षाको वैज्ञानिक पुर्नसंरचना अपरिहार्य छ, यो हाम्रो नेतृत्वले बुझ्नै पर्छ । नत्र समयले सवैलाई पछि पार्नेछ ।
यो लेख कुनै आग्रह पूर्वाग्रह नराखी ठोरीको शिक्षा सुधारको लागि लेखिएको हो । मेरो स्थानीय सरकारसँग यो गुनासो र आरोप पत्र मात्र होईन, ठोरीको शिक्षामा लिएको यथार्थ वेलिविस्तार अनि केही रचनात्मक सुझावहरु पनि दिने कोशिस गरि रहेको छु ।
१. गाउँपालिका स्तरीय शिक्षा संग सरोकारवाला,जनप्रतिनिधी र बिज्ञहरुको बृहत भेलाले शिक्षाको पञ्चवर्षीय मास्टरप्लान बनाउने ।
२. प्रत्येक बिद्यालयले आफ्नो पञ्चवर्षीय योजना अनुसार हिड्न प्रअ र अध्यक्षलाई सपथ ग्रहण गराई लिखित प्रतिवद्वता गराउने । र साथै विद्यालय संचालनमा गापाले कुनै राजनितिक हस्तक्षेप नगर्ने समेत प्रतिवद्वता जनाउने ।
३. गापाले पूर्णकालिन शिक्षा संयोजक नियुक्त गर्ने । र गाउँपालिका शिक्षा शाखालाई सक्रिय गर्ने ।
४. विद्यालय अनुगमनलाई तीव्र तथा व्यवस्थित गर्न गापा भरिका शैक्षिक संस्थालाई तीन सेक्टरमा विभाजन गरी प्लान अनुसार हिड्न गापाले प्रोत्साहन गर्ने ।
५. गापाले बिद्यालयहरुमा अनुगमन गर्दा प्रशासनिक र शैक्षिक क्रियाकलाप सम्वन्धी दुई प्रकारले गर्नुपर्ने ।
६. प्रअ, शिक्षक र समितिलाई संयुक्त रुपमा योजना अनुसार शैक्षिक संस्था संचालन भयो भएन भन्ने बिषयमा अभिमुखिरण कार्यशाला गोष्ठी संचालन गर्ने र सुधार गर्दै अघि बढ्न प्रोत्साहन दिने ।
७. शिक्षा क्षेत्रमा भौतिकपूर्वधारको विकास गर्दा काखापाखा नीतिलाई त्यागेर सवैलाई समान ब्यवहार गर्नु पर्ने ।
८. गापा स्तरीय खेलकुद, नृत्य, तथा गायन बृहत प्रतियोगिताको आयोजना गरी “पालिका प्रमुख” सिल्ड संचालन गरी महोत्सवको रुपमा नै संचालन गर्ने ।
९. दलित, महिला तथा पिछिडीवर्गहरुलाई शिक्षामा प्रोत्साहन गर्न मासिक प्रोत्साहन भत्ता, शैक्षिक सामाग्री, पोशाक, साइकल वितरण गर्नु पर्ने ।
१०. निजी बिद्यालय सम्वन्धमा गापाले स्पष्ट नित्ति तथा अवधार ल्याउनु पर्ने ।
११. शिक्षकहरुलाई प्रोत्साहन गर्न निर्णयमा सहभागी, पुरस्कार, भ्रमण, विषेश भत्ता तथा औपचारिक कार्यक्रममा सम्मान र पुरुस्कारको ब्यवस्था गर्नु पर्ने ।
१२. विद्यालयको भौतिक पूर्वधार शौचालय, खानेपानी, डेक्स वेन्च, भवन आदिमा विना पूर्वाग्रही ब्यवस्थापन गर्नु पर्ने ।
१३. बार्षिक रुपमा उत्कृष्ट प्रअ, उत्कृष्ट विब्यस अध्यक्ष र उत्कृष्ट टप टेन शिक्षक घोषणा गरी गापाले अवार्डको रुपमा वितरण गर्नु पर्ने ।
१४. गापा स्तरिय प्रत्येक कक्षामा दश जनालाई पुरस्कृत गर्ने र एसईई परिक्षामा दश जनालाई पुरस्कृत गरेर विद्यार्थीको प्रोत्साहन बढाउनु पर्ने ।
१५. उच्च शिक्षाको लागि गापाले हरेक बिधामा गरी कम्तिमा पनि ५ जना लाई छात्रवृत्तिको ब्यवस्था गर्नुपर्छ । त्यसै मध्येवाट छनौट गरि प्रत्येक बर्ष कृषि,इन्जिनियरिङ, पशु स्वास्थ्य (भेटनरी), वन विज्ञान तथा मेडिकल साइन्स पढाएर गापाले पढाएका तीनैको हातबाट ठोरीको विकास गर्नुपर्ने योजना लिनु पर्ने ।
१६. प्रत्येक बर्ष बिद्यालयहरुलाई आफ्नो बार्षिक उत्सव मनाउन अनिवार्य गापाले निर्देशन दिने । जस्ले गर्दा बार्षिक कार्यक्रमको समिक्षा गरि अघि बढ्न प्रोत्साहन हुन्छ ।
१७. विब्यस, शिक्षक र केही सरोकारवाला (उत्कृष्ट अभिभावक) लाई नमुना विद्यालय भ्रमण गराई आफ्नो विद्यालयमा अनुशरण गराउन प्रोत्साहन गर्ने ।
१८. विद्यालयमा अंग्रेजी माध्यममा संचालनको लगि हचुवाको भरमा नगरी सर्वप्रथम गापा भरि पाइलट प्रोजेक्टको रुपमा कुनै एक बिद्यालयमा संचालन गरि सवै बिद्यालयमा बिस्तार गर्नु पर्ने ।
१९. प्रत्येक बर्ष ठोरी गापाको उत्कृष्ट बिद्यालय घोषणा गरी सम्मान तथा पुरस्कृत गर्ने ।
२०. ठोरीको शिक्षा ऐनमा भएका सवै निरंकुश धाराहरु निलम्वन गरी अधिकारको बाडफाड गरेर सवैको सहभागितामा शिक्षामा आमुल परिवर्तन गरौ ।
तपाइँको प्रतिक्रिया