संसद विघटनविरुद्ध चितवनको सातै पालिकामा काँग्रेस चितवनको विरोध सभा
चितवन – नेपाली काँग्रेस चितवनले जिल्लाका सातै पालिकामा आज (शनिबार) संसद विघटनविरुद्ध बिरोध सभा गरेको छ । काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार आज सबै पालिकामा बिरोध सभा सम्पन्न गरिएको हो । भरतपुर महानगरपालिकामा बरिष्ठ नेता रामचन्द्र पौडेल सहित अन्य पालिकामा केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका छन् ।
काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौला सहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्नु भएको छ । महानगरपालिकाको बिरोध सभालाई काँग्रेस कन्द्रिय सदस्य डिला संग्रौलाले समेत सम्बोधन गर्नु भएको थियो ।
राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गर्नु भयो भने खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले सम्बोधन गर्नुभयो । यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले सम्बोधन गर्नु भएको थियो ।
माडीको बसन्तपुरमा र ईच्छाकामनाको मुग्लिन बजारमा भएको सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले संसद बिगठन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो । यस अघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा बिरोध सभा गर्न लागेको हो । सरकारको असंबैधानीक कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको ९८ वटै वडामा बिरोध प्रदर्शन गर्दै छ ।
तपाइँको प्रतिक्रिया