संविधानको रक्षा गरेर मात्र कांग्रेसले चुनावको कुरा गर्छ : नेता पौडेल
चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस चुनावबाट नआत्तिने बताएका छन् । कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
संविधानको रक्षा कांग्रेसको प्रमुख एजेन्डा भएको भन्दै उनले अहिलेनै चुनावबाट नआत्तिएको बताए । “कांग्रेस चुनाव आयो भनेर आत्तिहाल्दैन उनले भने, संविधानको रक्षा गरेर, संविधान बचाएर मात्र कांग्रेसले चुनावको कुरा गर्छ ।”
उनले देशलाई जोगाउने जिम्मेवारी कांग्रेसको काधमा आएकोले कांग्रेसले मात्र यो भुमरीबाट जनतालाई बचाउन सक्ने बताए । “संसद विघटन गरेर ओली नेतृत्वको सरकारले संविधानमाथि मात्र होइन, राष्ट्रमाथि नै प्रहार गरेको छ उनले भने, संविधान र देशलाई जोगाउने सवाल कांग्रेसको काधमा छ ।
उनले संविधान र राष्ट्र बचाउनका लागि ससद पुनर्स्थापना हुनु पर्ने भन्दै नेता पौडेलले कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । संविधान जोगिए राष्ट्र जोगिने भन्दै उनले भने, “खेत रहे न खेती गर्न सकिन्छ, त्यसैले संविधान रहे देश रहन्छ ।”
कांग्रेसकी केन्द्रीय सदस्य डिला सङग्रौलाले कम्युनिष्टहरुको नकाबधारी अनुहार उदाङ्गिएको बताइन् । उनले लोकतन्त्र र संविधानको चिरहरण गरेका केपि ओलीको नक्कली राष्ट्रबादको टोपी लगाएको आरोप लगाइन् । उनले केही समय अघि वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा दुर्व्यवहार गरेर घण्टा ओली सरकारले नयाँ अधिनायकबादलाई जन्म दिएको आरोप लगाइन् ।उनले ओलीले जन्माएको अधिनायकवादले देश रोएको बताइन् । यस्तै उनले ओलीलाई श्रीपेच बिनाको राजा बन्ने सपना नदेख्न पनि उनले चेतावनी समेत दिईन ।
सङग्रौलाले कम्युनिष्ट सरकारले जनतालाई भ्रष्टाचार नै भ्रष्टाचारको उपहार दिएको आरोप समेत लगाइन । लोकतन्त्रको रक्षाको लागि अब कांग्रेस एकजुट हुन जरुरी रहेको उनको भनाइ थियो । उनले क निर्वाचनबाट नभागेको भन्दै निर्वाचन संविधानत हुनु पर्ने आफुहरुको माग रहेको उनको भनाई थियो। यस्तै उनले संसद पुनर्स्थापना कांग्रेसको मुख्य एजेन्डा भएको बताइन् ।
कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेकपाले लोकतन्त्र र संविधानमाथि कुठाराघात गरेकोले कांग्रेस एकजुट भएर सडकमा आएको बताए । उनले संविधानको रक्षाका लागि कांग्रेससडकमा आएको बताए ।
यस्तै उनले कांग्रेस अब कसैसँग मिलेर नजाने उनले बताए । उनले हिजोका महानगर प्रमुखका लागि कांग्रेस मिलेर जानु कमजोरी भएको भन्दै अब कांग्रेस चितवनले कांग्रेसलाई भोट हाल्ने बताए । यस्तै उनले कांग्रेस चुनावसँग नडराएको भन्दै संविधानको रक्षाका लागि मात्र कांग्रेस सडकमा आएको बताए ।
नेपाली कांग्रेस भरतपुर महानगरका सभापति भरत अधिकारीले नेकपा नेतृत्वको सरकारले कुठाराघात गरेको बताए । अधिकारीले संविधानको रक्षा कांग्रेसको मुख्य एजेन्डा भएको बताए ।
तपाइँको प्रतिक्रिया