चितवनका सातै पालिकामा आज काँग्रेसको प्रदर्शन, भरतपुरमा नेता पौडेलले सम्बोधन गर्ने
चितवन – नेपाली काँग्रेसले संसद विघटनको बिरोधमा आज देशभर प्रदर्शन गर्दैछ । चरणवद्ध आन्दोलनमा होमिएको काँग्रेसले आज देशभरक पालिकास्तरका प्रदर्शन गर्न लागेको हो । प्रदर्शनका क्रममा चितवनका सात स्थानीय तहमा पनि आज बिरोध कार्यक्रमहरु हुँदैछ । काँग्रेस चितवनले जिल्लाका सातै स्थानीय तहहरुमा फरक फरक समयमा प्रदर्शन गर्दैछ ।
काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौला सहितका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार पौडेलले भरतपुर महानगरपालिकाको बिरोध सभालाई सम्बोधन गर्नेछन् । दिउँसो १ वजे शारदानगरमा हुने बिरोध सभामा पौडेल र संग्रौलाले सम्बोधन गर्नेछन् ।
राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गर्नेछन् । भण्डारामा ११ वजे र रत्ननगरमा दिउँसो १ वजे बिरोधसभा हुँदै छ । यस्तै खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले १ वजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा ११ वजे, माडीको बसन्तपुरमा १२ः३० बजे र ईच्छाकामनाको मुग्लिन बजारमा १२ः३० वजे बिरोध प्रदर्शन संगै सभा हुँदै छ । ती सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रिया