आकाश पौडेलको ‘तपस्या’ भोली विमोचन हुँदै

चितवन – आख्यानकार तथा साहित्यकार आकास पौडेलको पहिलो उपन्यास ‘तपस्या’ (भोलि) माघ ३ गते सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा विमोचन हुने भएको छ ।
सो पुुस्तक युरीका पब्लिकेशन बाट प्रकाशित हुन लागेको छ । गत बैशाख १ गते प्रकाशनमा ल्याउन लागिएको उक्त कृति कोरोना महामारीका कारण रोकिएको साहित्यकार पौडेलले बताए । उनले आफ्नो पहिलो उपन्यास ‘तपस्या’ लामो समयको प्रतिक्षा पछी पाठकहरु माझँ पुग्ने भएको बताए ।
पौडेल सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमबिएस पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । अर्घाखाँचीमा जन्मिएका उनि आफ्नो माध्यमिक तहको पढाई सकेर उच्च शिक्षा हासिल गर्न चितवन आएका हुन् । ‘तपस्या जवानीका रङ्गहरु र समाजमा घटेका घटनाको प्रेमभावपुर्ण प्रतिबिम्ब हो ।



तपाइँको प्रतिक्रिया