प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ जारी
माघ २, काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी सुनुवाइ सर्वोच्च अदालतमा आज (शुक्रवार) पनि जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रवार सुनुवाइ शुरु भएको हो ।
यस मुद्दाको अन्तिम सुनुवाइ गत बुधवार भएको थियो । शुक्रवार पनि मुद्दाको फैसला संवैधानिक इजलाशबाट गर्ने कि बृहत् पूर्ण इजलासबाट गर्ने भन्ने मै सुनुवाइ केन्द्रित रहनेछ ।
रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्तासमेत रहेका अधिवक्ता रमन श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, चन्द्रकान्त ज्ञवालीले संवैधानिक इजलाशको अधिकार क्षेत्रमा यो मुद्दा नपर्ने भएकाले पूर्ण बृहद इजलाशको माग गरेका थिए ।
तपाइँको प्रतिक्रिया