संसद विघटन असंवैधानिक भन्ने ओलीले स्वीकारिसके: नेता पौडेल
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिसकेको दाबी गरेका छन्। वैधानिक काम गरेको छैन भन्ने कुरा ओलीले स्वीकार गरेको भन्दै उनले प्रतिनिधि सभा विघटनविरूद्ध सशक्त संघर्षमा उत्रन नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।
‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं,’ शुक्रबार भिडिओ अपिल जारी गरेका पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन्- यो विधि विधानको कुरा होइन। यो त राजनीतिक निर्णय हो। उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले स्वीकार गरेका छन्।’ प्रधानमन्त्री ओलीको यस्तो असंवैधानिक कामले देशलाई अन्धकारतर्फ लैजाने उनले बताएका छन्।
तपाइँको प्रतिक्रिया