आगामी दिनमा आउनसक्ने विपत्तिको सामनाका लागि पूर्व तयारी गर्नुपर्छ : मन्त्री थापा

एटुजेड समाचार

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताएका छन् । २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित राष्ट्रिय भुकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ति विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताएका हुन् । उनले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताए ।

२०७२ सालको भुकम्पको घाउ निको भइनसकेको भन्दै उनले पुननिर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुननिर्माणको कामपनि अगाडी बढाउनुपर्ने उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु