रामनगर पुष्पवाटिका आजदेखि सर्वसाधारणको लागि खुल्ला
चितवन – नारायणगढ –मुग्लिन सडक खण्ड अन्तर्गत रहेको रामनगर पुष्पवाटिका बिहिबारदेखि औपचारिक रुपमा सर्वसाधारणको लागि खुल्ला गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ बाटिकाको पूर्व प्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक प्रमुख अतिथि ज्ञानेन्द्र बिक्रम महतद्वारा उद्धघाटन गरिएको हो ।
उद्धघाटनपछि बोल्दै अतिथि महतले वाटिका निर्माणले यस क्षेत्रको पहिचान र बिशेषता झल्किने बताए । आफूपनि यसै क्षेत्रको व्यक्ति भएकोले अन्य यस्ता सामाजिक काममा हातेमालो गर्दै जाने उनले बताए । वाटिका निर्माणपछि राजमार्गमा चल्ने यात्रु ,, पदल यात्री तथा चालकको लागि ठूलो राहत मिल्ने उनको भनाई थियो ।कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक बुद्धि गुरुङले यस बाटिकाको लागि दानवीरहरुको ठूलो सहयोगले अन्य व्यक्ति वा संस्थालाई प्रेरणा मिलेको बताए ।
प्रहरी सुरक्षा, शान्तिको लागि सदैव तयार रहेको भन्दै उनले यसमा जनताले पनि प्रहरीसँग साझेदारी गर्नुपर्ने उनका भनाई थियो । अप्ठेरो परेको बेलामा प्रहरीले नागरिकलाई सहयोग गर्ने छ भने शान्ति सुरक्षाको सवालमा नागरिकले पनि प्रहरीलाई साथ दिन पनि उनले आग्रह गरे ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले समाजमा विकृति, विसंगति बढ्दै गएकोले यस्ता विषयलाई पन्छाउन पनि सामाजिक काम अपरिहार्य भएको बताए ।
समाजसेवीहरुले यस्ता विसंगतिलाई हटाउँदै समाज रुपान्तरणमा योगदान दिनुपर्नेमा उनले जोड दिए । समितिका प्रमुख संरक्षक तारानाथ कुँवरले यस बाटिकाको आसपासमा टोड्के ताल, मचान, बेलटाँडी ताल, जुगेढाप, सिमसार ताल रहेको पर्यटकीय दृष्टिकोणले अत्यन्त रमणीय रहेको जानकारी गराए । समितिका उपाध्यक्ष भरत कुँवरले बाटिकाको लागि सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको बताए । बाटिकाको विकास निर्माणका लागि सबैबाट सहयोग र सुझावको अपेक्षा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रामनगर टोल सुधार समिकिा अध्यक्ष टंकप्रसाद न्यौपाने, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटालगायत मन्तव्य दिएका थिए । सो अवसरमा स्थानीय ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।कार्यक्रमका सभापति डिलकुमारी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया