भरतपुर महानगरले ५ वटा सामुदायिक विद्यालयलाई स्कुल बस दिने
चितवन – भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई स्कुल बस दिने भएको छ । महानगरले महानगरपालिका भित्र रहेका ५ वटा सामुदायिक विद्यालयलाई स्कुल बस दिने भएको हो । महानगरले बस खरिद सम्बन्धी सम्झौता कार्यक्रम गरी प्रति विद्यालयलाई २० लाखका दरले स्कुल बस खरिद गर्न सम्झौता सम्पन्न गरेको छ ।
बस खरिद सम्झौता गर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं. १० मा रहेको नारायणी नमूना मावि, वडा नं. २० मा रहेको भिमनगर मावि, वडा नं. २३ मा रहेको लक्ष्मी मावि, वडा नं. २५ मा रहेको प्रभात मावि, र वडा नं. २९ मा रहेको कविलास मावि रहेका छन् ।
बस खरिद सम्झौता पत्र हस्तान्तरण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक उन्न्ती वृद्धि गर्न विद्यालयहरूलाई स्कुल बस प्रदान गर्ने नीति लिएको बताइन् । यसबाट विद्यार्थीहरूले सहजता महसुस गर्ने बताउँदै विद्यालयहरूमा विद्यार्थी संख्या वृद्धि गर्ने सहयोग पूर्याउने विश्वास व्यक्त गरिन् । विद्यालयको पहुँच र विद्यार्थीहरूको विद्यालय क्षेत्र आदिलाई अनुगमन गरी विद्यालय छनौट गरिएको उनले बताइन् ।
सम्पन्न सम्झौता बमोजिम प्रत्येक विद्यालयले २० लाख प्राप्त गर्नेछन् भने सोही रकमबाट विद्यालयले स्कुल बस खरिद गर्नेछन् ।
तपाइँको प्रतिक्रिया