चितवनमा थप ७ जनामा कोरोना संक्रमण
चितवन – चितवनमा थप ७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ जना सहित अन्य जिल्लाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ४ जना रहेका छन् । त्यस्तै रत्ननगरका १ जना, नवलपरासी मध्यबिन्दुका १ जना र गैंडाकोटका १ जना रहेका छन् । उनीहरुको उमेर १७ देखी ८१ वर्ष समुहका रहेका छन् ।
तपाइँको प्रतिक्रिया