चितवन – झरना तथा वातावरण संरक्षण सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिका ९ सिन्ती झरना शक्तिखोरमा ग्रीन प्लानेट नेपालद्धारा आयोजित झरना तथा वातावरण संरक्षण सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा झरना वविपरी हुने फोहोर व्यवस्थापनको लागि डस्टबिन समेत वितरण गरिएको छ।
कार्यक्रममा अायाेजक संस्थाकाे तर्फबाट स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष साेम जम्कट्टेलले कार्यक्रम शुभारम्भ गरेका गरे।


त्यस्तै कार्यक्रममा प्रमुख अतिथी कालिका नगरपालिका ९ का अध्यक्ष हेम बहादुर क्षेत्रीले झरना संमक्षण र व्यबस्थापनको लागि टोलको तर्फबाट आगामी दिनमा विशेष कार्यक्रम आयोजना गरी झरनालाई व्यबस्थित बनाईने बताए ।
झरना हेर्न आउने पर्यटनकलाई जथाभावी फोहोर नफाली व्यबस्थित ढंगबाट फोहोर फाल्न कार्यक्रमका सभाअध्यक्ष तथा ग्रीन प्लानेट नेपालका अध्यक्ष निशान दाहालले आग्रह गरे । ग्रीन प्लानेटले आगामी दिनमा झरना र त्यहाँको वातावरण संरक्षण गर्न पुनःथप कार्यक्रमको आयोजना गर्ने बताए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि युरेशिया वाग्ले, कालिका ९ का सदस्य लाल बहादुर गुरुङ, औकिल पुरी, दुर्व कुमारी राना र मान कुमारी बिक लगाएतको उपस्थिती रहेको थियो ।