चितवनमा कोरोनाबाट पौषमा ५ जनाको मुत्यु, ४४० मा संक्रमण पुष्टि
चितवन – चितवनमा कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्यामा कमी आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पौष महिनामा कोरोनासंक्रमणबाट जिल्लाभर जम्मा ५ जनाको मृत्यु भएको छ ।
यो पछिल्लो ५ महिनाकै न्युनको हो । यसअघी भाद्रमा १६, असोजमा २२, कार्तिकमा ४४ र मंसिरमा १६ जनाको मृत्यु भएको थियो । त्यसअघी जेष्ठ पहिलो पटक १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यससँगै जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।
यस्तै पौष महिनामा ४४० जनामा कोरोना पुष्टि भएको छ । यो संख्या पनि पछिल्लो ५ महिनाकै न्युनको हो । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या ६ हजार ५८२ पुगेको छ । यस्तै पौष महिनामा कोरोना संक्रमित ५५१ जना निको भएका छन् । यससँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ६ हजार २५५ पुगेको छ ।
जिल्लाभर अहिले २२३ जना मात्र सक्रिय संक्रमित छन् । उनिहरुले मध्य २०३ जना होम आइसोलेसनमा छन् । अन्य २० जना भने अस्पताल भर्ना भएका छन् ।
तपाइँको प्रतिक्रिया