संसद विघटनविरुद्ध नेविसंघले माघ २ गते दौड जुलुस गर्ने
काठमाडौं – संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दौड जुलुस गर्ने भएको छ। नेविसंघले माघ २ गते दौड जुलुस गर्ने भएको हो । यस्तै माघ ७ गते सिठ्ठी जुलुस गर्ने नेविसंघले जनाएको छ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले ७७ वटै जिल्लामा दौड जुलुस गर्ने बताए । सबै जिल्ला समितिहरूलाई परिपत्र गर्दै दौड जुलुस, सिठ्ठी जुलुसलगायत विरोध कार्यक्रम गर्न ढुङ्गानाले निर्देशन दिएका छन्। कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउन अध्यक्ष ढुंगानाले नेविसंघलाई निर्देशन दिएका छन्।
तपाइँको प्रतिक्रिया