चितवनमा थपिए ९ जना कोरोना संक्रमित
चितवन – चितवनमा थप ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७ जना सहित अन्य जिल्लाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ७ जना रहेका छन् । त्यस्तै नवलपरासी कावासोतीका १ जना गैंडाकोटका १ जना रहेका छन् । उनीहरुको उमेर १८ देखी ८७ वर्ष समुहका रहेका छन् ।
तपाइँको प्रतिक्रिया