भरतपुर महानगरको आन्तरिक राजस्व ४.४१ प्रतिशतले कमी, कोरोनाकाबीच सन्तोषजनक
चितवन – भरतपुर महानगरपालिकाको सातौं सम्पन्न भएको छ । सोमबार सम्पन्न सातौं नगरसभामा महानगर प्रमुख रेणु दाहालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७-७८ को निति तथा कार्यक्रम एवं बजेट कार्यान्वयन बारे आज (मंगलबार) जानकारी गराइएको छ ।
चालु आर्थिक वर्षको पौष २३ गतेसम्म महानगरपालिकामा २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा ४४१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २६ लाख ३२ हजार ४५० रुपैयाँ ४६ पैसा राजस्व संकलन भएको थियो ।
विश्वभर महमारीको रुपमा फैलिएको कोभिड १९ का कारण आन्तरिक आयमा केही कमी आएको महानगरप्रमुख रेणु दाहालले बताईन् । कोभिडकै बीचमा यस अवधिसम्मको आन्तरिक आय निराशाजनक भने नभएको मेयर दाहालको भनाइ छ
उनका अनुसार चालु आर्थिक वर्षको कुल राजस्व ३ अर्ब ३१ करोड ६४ लाख ८९ हजार अनुमान गरिएको थियो । जसमा आन्तरिक श्रोत तर्फ ९० करोड संकलन हुने अनुमान थियो । घर वहाल कर ८ करोड, नक्सा पास दस्तुरबाट ७ करोड २० लाख, एकिकृत सम्पती कर ४ करोड, व्यवसाय दस्तुर कर ६ करोड, बिभिन्न सिफारिस दस्तुर कर ७ करोड, अन्य क्षेत्र आय ४० करोड र ढुङ्गा, गिट्टी बिक्रीबाट ६ करोड ८० लाख राजस्व संकलन हुने प्रक्षपण गरिएको थियो ।
यस्तै चालु आर्थिक वर्षको हालसम्मको वित्तिय प्रगती चालुतर्फ २७.६८ र पूँजिगत तर्फ २१.१५ प्रतिशत रहेको छ । यसलाई सन्तोषजनक मान्न नसकिएपनी निराशाजनक भने नरहेको उनले बताईन् ।
तपाइँको प्रतिक्रिया