प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा

पुस १८, काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।
कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।
पीएलआई स्टक संकेतबाट मेरो शेयरमा उक्त शेयर जम्मा भएको हो । कम्पनीको २ करोड कित्ता साधारण शेयर शुक्रवारमात्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।
अव कम्पनीको पहिलो कारोबार आइतवारदेखि हुँदैछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १०९ दशमलव ५६ पैसादेखि ३२८ दशमलव ६८ पैसा तोकेको छ । कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
तपाइँको प्रतिक्रिया