जाडो मौसममा खुट्टा फुट्ने समस्या छ भने यसो गर्नुहोस्

जाडो मौसममा अधिकांश मानिसको कुर्कुच्चा फुट्ने समस्या हुन्छ । कतिपयले कुर्कुच्चा फुट्यो भन्दै ढुंगामा रगेड्ने वा पानीमा भिजाएर धारिलो बस्तुले निकाल्ने पनि गरेको पाइन्छ ।
कुर्कुच्चा फुटेमा यसो गर्नु समाधानको राम्रो उपाय होइन । बरु यस्तो गर्दा छालामा थप असर पुग्न जान्छ । त्यसैले कुर्कुच्चाको स्यहार गर्ने केही उपायहरु यस्ता छन् ।
पैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई मुलायम बनाउन कुनै क्रिमले नियमित मसाज गर्नुपर्छ । हरेक रात पहिले खुट्टालाई राम्ररी सफा गर्ने र कुनै पनि फुट क्रिम लगाउने र कटनको कपडाले राम्ररी पुच्छने । पाकेको केरामा जैतुनको तेल मिसाएर फुटेका कुर्कुच्चमा लगाउने ।
त्यसलाई १० देखि १५ मिनेटसम्म राख्ने । त्यसपछि धुने । सातामा एकपटक सुत्नुअघि मनतातो पानीमा कागतीको रस समसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउने । त्यसपछि कुनै क्रिम लगाउने ।दिनुहँ खुट्टा धोएपछि ग्लिसरिन र गुलाब जलको मिश्रण खुट्टा र कुर्कुच्चमा लगाउने गरेमा कुर्कुच्चा फुट्ने समस्याबाट छुटकरा पाउन सकिन्छ ।
तपाइँको प्रतिक्रिया