विदेशी चलखेलले विभाजनलाई मलजल गर्यो : नेता गजुरेल

काठमाडौं – नेकपाका नेता हरिबोल गजुुरेलले दल विभाजनको दुुर्भाग्यपूूर्ण अवस्थामा पुुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले एक–अर्काको योगदान र अस्थित्वलाई नै समाप्त पार्ने ढंगबाट शीर्ष तहबाटै भइरहेको गाली–गलौज र टीकाटिप्पणी रोक्न दुुवै समूूहलाई सल्लाह दिए ।
नेता गजुुरेलले भने, ‘‘स्थायी समितिको निर्णयविपरीत तथा अरु सम्भावनाको खोजीबिनै संसदीय दलमा समेत छलफल नगरी संसद् भंग गर्ने प्रधानमन्त्रीको कदम त्रुुटिपूूर्ण छ ।’’उनले पार्टी विभाजनले उपलब्धि संस्थागत गर्न चुनौती खडा हुुने भएकाले तटस्थ रही एकताका लागि आफूूले भगीरथ प्रयास गरे पनि अन्तर्राष्ट्रिय चलखेल र स्वयं नेताकै महत्वकांक्षाले एकता जोगाउन बाधा पुुगेको धारणा राखे ।
पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुुरेलले भने, ‘‘पछिल्लो समय थेग्नै नसक्ने गरी नांगोरुपमा भएको विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्यो ।’’
पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुुल्याउन गुुटबन्दी होइन, विचार समूूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उनले एकता कायम राख्न बालुुवाटार जाँदा पुष्पकमल दाहालको तथा खुुमलटार जाँदा प्रधानमन्त्रीको पक्षमा आफूूले इमान्दारपूूर्वक वकालत गर्दै आएको घटना सुनाए । रासस
तपाइँको प्रतिक्रिया