विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको बताइएको छ । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको असर प्रदेशसभामा देखिन थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो ।
नेकपा दुई चिरामा बिभाजन भएपछि त्यसको असर प्रदेश तहमा पर्न थालेको हो । आङ्बो पूर्वमाओवादी नेता हुन् । प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका छन् । आइतवार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भईरहेको समयमा आङ्बोलाई पदमुक्त गरिएको स्रोतले बताएको छ ।