चितवनमा समाजवादी पार्टीद्धारा संसद विघटनविरुद्ध मसाल जुलुस

चितवन – जनता समाजवादी पार्टी चितवनले संसद विघटनको विरुद्धमा मसाल जुलुस प्रदर्शन गरेको छ । समाजवादीले जिल्ला सचिव बिनोद शर्मा पौडेलको नेतृत्वमा आज (शनिबार) साझ ६ बजे चितवनको मिलनचोकमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै झन्डै दुई तिहाइको नेकपा नेतृत्वको सरकारले पार्टी भित्रको आन्तरिक द्धन्दलाई लिएर संसद विघटन गर्नु संविधान विपरित भएको भन्दै आज जसपाले चितवन लगाएत देशैभर मसाल जुलुस प्रदर्शन गरेको सचिव शर्माले बताए ।
प्रदशनको क्रममा मिलन चोकबाट बस टर्मिनल चोकमा मसाल लिएर आउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । उक्त क्रममा प्रहरी र कार्यकर्ताको झडप हुँदा बिधार्थी नेता रामप्रसाद ढकाल, बिनय रेग्मी, सोनिष पोख्रेल, रूपक सेर्षठ लगाएतका कार्यकर्ता हरू घाईते भएका थिए । कार्यक्रमा बिधार्थी अध्यक्ष अनुज जोशि केन्द्रीय सल्लाहकार पदम गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया