चितवन – चितवनमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारा चोकमा ट्रयाक्टर अनियन्त्रित भइ पल्टिदा ट्रयाक्टरमा सवार रहेका खैरहनी नगरपालिका १० का ४५ वर्षीय भरत चौधरीको मृत्यु भएको हो ।
ना १ छ ७६७९ नम्बरको पश्चिमतर्फ गइरहेको ट्रयाक्टर आज दिउँसो ४ बजे तिर राजमार्गमा अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुर्य थापाले जानकारी दिए ।
चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी थापाले जानाकारी दिए । ट्रयाक्टर र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको (डीएसपी) थापाले बताए ।फाईल तस्विर