मेलमिलाप टोल विकास संस्थाको साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २ नारायणगढ बसपार्कमा रहेको मेलमिलाप टोल विकास संस्थाको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी टोलका अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले गरेका हुन् ।
पवित्र इङ्गलिस स्कुल क्षेत्रपुरमा आज शनिबार सम्पन्न अधिवेसनबाट आगामी कार्यकालको लागि बलराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्व सम्वतले गठन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा जागेश्वर अधिकारी, सचिवमा बिष्णु बहादुर कुवर, सह सचिवमा बिष्णु भण्डारी र कोषाध्यक्षमा युवराज गिरी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा सुक्र कुमार सुल्पे श्रेष्ठ, सत्य नारायण अधिकारी, बिक्रम सापकोटा, रमनी श्रेष्ठ, डोर बहादुर आले र देव कुमार शाह चयन भएका हुन्
त्यस्तै संस्थाको सल्हाकार संयोजक रमेश अधिकारी, अोम कुमार श्रेष्ठ, जगनाथ मन्ताना, तेज प्रसाद अधिकारी र श्याम कुमार रहेका छन् ।
कार्यक्रममा संस्थाका पुर्व सचिव बलराम पौडेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लालबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सभापती सुरेश कर्मचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया