कुकुरको घाँटीमा प्रधानमन्त्रीको फोटो राखेर प्रदर्शनमा उत्रिए अनेरास्ववियुका युवाहरू

एटुजेड समाचार

दोलखा – संसद विघटनविरुद्ध अहिले देशभर विरोध भइरहेको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि चौतर्फी आलोचनासहित विरोध भइरहेको छ ।

शनिबार दोलखामा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरूले कुकुरको घाँटीमा प्रधामन्त्री ओलीको तस्बिर राखेर प्रदर्शन गरेका छन्।यसरी घाँटीमा डोरीले बाँधेर कुकुरलाई सास्ती दिएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रदर्शन गरेको केहीबेरमै प्रहरीले सो तस्बिर खोसेको थियो। चरिकोट बजारमा युवाहरूले कुकुरसहित प्रदर्शन गरेका हुन्। गल्लीबाट उनीहरू कुकुर लिएर बजारतर्फ पसेका थिए।  ती युवाहरू नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालनिकट थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू