चितवन – कारागार कार्यालय भरतपुरबाट भागेर फरार भएका थुनुवा पक्राउ परेका छन् । गत मंसिर ११ गते बेलुकी सवा ५ बजे कारागारबाट भागेका कालिका नगरपालिका २ का ४५ वर्षीय रेशमलाल श्रेष्ठ पक्राउ परेका हुन् ।
प्रहरीको बिशेष अनुसन्धान टोलीले उनलाई शुक्रबार साँझ साँढे ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए । थापाका अनुसार फरार थुनुवा श्रेष्ठलाई तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटी स्थित जंगलबाट पक्राउ गरिएको हो।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागी कारागार कार्यालयमा बुझाउने तयारी भई रहेको डिएसपी थापाले जानकारी दिए । जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका श्रेष्ठ मंसिर ११ गते बिहीबार साँझ ५ः३० वजे कारागारको पर्खाल नाघेर भागेका थिए ।
उक्त घटनामा कारागार सुरक्षामा खटिएका २ प्रहरीलाई असावधानी अपनाएको भन्दै निलम्बन गरिएको थियो । तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामालाई नै निलम्बन गरिएको थियो ।