काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा दुई मन्त्रीलाई हटाएका छन्।ओलीले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा विदा गरेका हुन्।कास्कीबाट प्रतिनिधि सभाको प्रत्यक्ष चुनाव जितेका विश्वकर्मा २०७४ चैत २ गते र मोतिलाल दुगड २०७६ मंसिरमा उद्योग राज्यमन्त्री बनेका थिए।
दुगड समानुपातिकतर्फका सांसद हुन्।विश्वकर्माको स्थानमा सिन्धुपाल्चोकका दावा लामा र दुगडको स्थानमा विमला विक राज्यमन्त्री बनेकी छिन्।ओली मन्त्रिमण्डलमा विमला विक एकमात्र दलित मन्त्री हुन्।